images
images

बुटवल–नारायणगढ सडक पनि अवरुद्ध


  • 148
    SHARES
  • २०८२ चैत्र ७ गते शनिबार

    बुटवल–नारायणगढ सडक पनि अवरुद्ध
    नवलपरासी । वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल–नारायणगढ खण्डमा सवारी आवागमन ठप्प भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने खण्ड वर्षाले चिप्लो भई सवारी सञ्चालन गर्न समस्या भएको हो । 
     
    दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक चिप्लो हुँदा सवारीसाधन फसेकाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्व का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । उनका अनुसार शुक्रबार दिउँसोदेखि परेको वर्षाले सड्क हिलो र चिप्लो हुँदा उकालोमा सवारीसाधन पार हुन नसक्दा सवारीको जाम लागेको छ ।
     
     हल्का वर्षामा पनि गाडी चिप्लिएर गुड्न सकेका छैनन्, हिलो बाटोमा सवारीसाधन फसेर समस्या भएको खड्काको भनाई छ । दाउन्ने खण्डमा सडक अवरोध भएपछि मर्मत सञ्चालनको प्रयास भइरहेको नारायणगढ बुटवल सडक आयोजनाले जनाएको छ । बुटवल–नारायणगढ सडक विस्तारअन्तर्गत दाउन्ने खण्डको निर्माण नसकिँदा सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने गरेको छ ।
     
    यसैबीच नारायणघाट–बुटवल सडक आयोजना कार्यालयले यही चैत ८ गतेसम्म प्रत्येक दिन बेलुका ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । अहिले साना तथा लामो दूरीका यात्रुवाहक र आकस्मिक सेवाका सवारीसाधन सञ्चालन भइरहे पनि पछिल्लो समय समस्या भइरहेको प्रहरीले जनाएको छ ।  




    images

    Logo