काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान ८ः ३० वजे सुरु हुने बैठकमा सभापति गगन थापाको राजीनामा, संसदीय निर्वाचनमा भोगेको पराजय लगायतका विषयमा छलफल हुने बताइएको छ ।
शुक्रबारको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा बैठकमा प्रस्तुत गरेका थिए । सो वैठकमा २५ केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका थिए ।
बैठकमा धारणा राख्ने सबैले पार्टी सभापति थापाले नैतिकताका आधारमा दिएको राजीनामा अस्वीकार गर्ने बिचार व्यक्त गरेका थिए । आजको बैठकले राजीनामाका विषयमा औपचारिक निर्णय लिने बताइएको छ ।


