images
images

चलचित्र पत्रकारिता विस्तारित हुँदै


  • 164
    SHARES
  • २०८२ चैत्र १० गते मंगलबार

    चलचित्र पत्रकारिता विस्तारित हुँदै

    काठमाडौँ । चलचित्र पत्रकार सङ्घले चलचित्र र कला–संस्कृतिका गतिविधिलाई राष्ट्रियस्तरमा स्थापित गर्न विभिन्न प्रदेश तथा जिल्ला शाखामा अधिवेशन गरी सङ्गठन विस्तार गरेको छ ।

    चलचित्र उद्योगलाई सञ्चार क्षेत्रबाट सहयोग गर्दै आएको सङ्घले मुलुकुका १५ जिल्ला शाखा र विदेशमा आठ शाखा विस्तार गरेको केन्द्रीय अध्यक्ष समिर बलामीले जानकारी दिए। उनका अनुसार आफ्ना गतिविधि केवल चलचित्र पत्रकारितामा मात्र सीमित नभई कला, साहित्य, गीत–संगीत, रङ्गमञ्च, मनोरञ्जन र अन्य साङ्गीतिक कार्यक्रममा सक्रिय तुल्याउन शाखा विस्तार गरिएको बताए । सङ्घले आफ्नो १०औँ केन्द्रीय महाधिवेशन आगामी वैशाख ५ गतेभित्र गर्ने गरी शाखा अधिवेशन गरेको जनाएको छ ।  

    सङ्घको शाखा अधिवेशनबाट सङ्घको कोशी प्रदेशमा अध्यक्ष वीरेन्द्र शाह तथा कास्कीमा सन्तोष बस्याल, पर्सामा सूर्यनारायण विक, सुनसरीमा सुवास सङ्कल्प श्रेष्ठ, मकवानपुरमा कपिल खड्का र मोरङमा प्रेम देवान अध्यक्ष पदमा निर्विरोध चयन भएका छन् । यस्तै चितवनमा गोविन्द अर्याल, इलाममा अतित योङहाङ, रूपन्देहीमा कृष्ण भण्डारी, कैलालीमा विवेक नगारी, झापामा एकराज प्रधान, सुर्खेतमा रमेशकुमार पाण्डे, बाँकेमा रामचन्द्र पौडेल र दाङमा निरला अर्याल अध्यक्षमा चयन भएका छन्।

    सङ्घले आफ्ना सदस्यका लागि दक्षता अभिवृद्धि कार्यक्रम, अन्तरक्रिया, कार्यशाला, राष्ट्रिय भेला, स्थापना दिवस, राष्ट्रिय कार्यशाला, कल्याणकारी कोष सञ्चालन, बिरामी सदस्यलाई सहयोग प्रदान लगायत कार्य गर्दैआएको छ ।


    images

    Logo