images
images

पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढ्यो, अव काठमाडौंमा कति पर्छ ?


  • 522
    SHARES
  • २०८२ चैत्र १२ गते बिहीबार

    पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढ्यो, अव काठमाडौंमा कति पर्छ ?

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । अन्तर्राष्ट्रिय वजारमा निरन्तर मुल्य बढेको भन्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । 

    बिहिबार बिहानदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ मूल्य बढाएको जनाएको छ । बढेको मुल्य अनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ पुगेको छ । 

    त्यस्तै डिजेल र मट्टितेल पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ पुगेको छ । 

    मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भएका कारण त्यस अनुसार मुल्य बढाउन नसक्दा निगमले एक महिनामा छ अर्व रूपैयाँ नोक्सान व्यहोर्नुपरेको जनाएको छ ।

    oil.jfif
    undefined




    images

    Logo