images
images

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुंदैछ कारोवार ?


  • 172
    SHARES
  • २०८२ चैत्र १२ गते बिहीबार

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुंदैछ कारोवार ?

    काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ । सुन तोलामा दुई हजार ९०० ले घटेको छ भने चाँदी पनि १०० ले घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० कायम भएको छ । 

    हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० कायम भएको थियो । 

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।




    images

    Logo