images
images

कर्णालीमा ८६१ क्षयरोगी, कुन जिल्लामा कति ?


  • 100
    SHARES
  • २०८२ चैत्र १२ गते बिहीबार

    कर्णालीमा ८६१ क्षयरोगी, कुन जिल्लामा कति ?

    सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा चालु आर्थिक वर्षको आठ महिनामा ८६१ जना क्षयरोगी भेटिएका छन् । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका क्षयरोग तथा कुष्ठरोग अधिकृत पदमबहादुर केसीका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा १ हजार ७१४ क्षयरोगी भेटिएकामा आव २०८१÷८२ मा घटेर १ हजार ५३९ भेटिएका थिए । 

    चालु आर्थिक वर्षमा सुर्खेतमा २९६, हुम्लामा १९, सल्यानमा १०४, जाजरकोटमा १०१, रुकुम पश्चिममा ९२, दैलेखमा ८३, कालिकोटमा ४६, जुम्लामा ४५, डोल्पामा २१ र मुगुमा १९ जना बिरामी पत्ता लागेको केसीको भनाई छ । हाल प्रदेशमा ४१५ क्षयरोग उपचार केन्द्र, दुई ‘एमडीआर’ उपचार केन्द्र र १० वटा विशेषज्ञ केन्द्र सञ्चालनमा छन् ।  




    images

    Logo