images
images

भदौ २४ को घटना छानविन गर्न उच्चस्तरीय समिति बनाइने


  • 263
    SHARES
  • २०८२ चैत्र १५ गते आइतबार

    भदौ २४ को घटना छानविन गर्न उच्चस्तरीय समिति बनाइने

    काठमाडौं । भदौ २४ को घटना छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन समिति बनाउँने भएको छ । जेनजी आन्दोलन जाँचबुझ आयोगले भदौ २४ को घटना छानबिन नगरेपछि सरकारले सो घट्ना छानबिन गर्न अर्को उच्चस्तरीय छानबिन समिति बनाउँने भएको हो । 

    शनिबार साँझ सरकारले शासकीय सुधार योजना सार्वजनिक गर्दै एक साताभित्र समिति गठन गर्ने बताएको छ । भाद्र २४ गतेको घटनाको सत्यतथ्य छानबिन गर्न एक हप्ताभित्र समिति गठन गरिनेछ, शासकीय सुधार योजनमा भनिएको छ ।  

    सो समितिले सरकारी सम्पत्ति तोडफोड, आग्जनी लगायका  सम्पूर्ण घटनाको विवरण संकलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरेर प्रतिवेदन पेस गर्ने बताइएको छ ।समितिको सिफारिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाउने सरकारी पक्षले जनाएको छ । 

    Tags:

    # balen



    images

    Logo