चितवन । कुखुरा पालनको राजधानी चितवनमा चार बर्षपछि बर्डफ्लु पुष्टि भएको छ। भरतपुर महानगरपालिका ४ स्थित एक व्यावसायिक लेयर्स फार्म र लोकल कुखुरा फार्मका कुखुरामा बर्डफ्लु पुष्टि भएको हो।
बर्डफ्लु संक्रमण पुष्टि भएपछि १९ हजार लेयर्स र ९०० लोकल कुखुरा पनि नष्ट गरिएको पशु सेवा कार्यालय चितवनका प्रमुख प्रभात न्यौपानेले जानकारी दिए । २०७८ सालमा बर्डफ्लु संक्रमण देखिएपछि जिल्लामा करिब आठ लाख कुखुरा नष्ट गरिएको थियो ।
जिल्लाका अन्य स्थानमा बर्डफ्लु पुष्टि नभए पनि जोखिम भने कायमै रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख विजयकुमार श्रेष्ठले बताए ।


