images
images

पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढ्यो, कहाँ कति पुग्यो ?


  • 428
    SHARES
  • २०८२ चैत्र २० गते शुक्रबार

    पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढ्यो, कहाँ कति पुग्यो ?

    काठमाडौं । पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य प्रती लिटर १५ रुपैयाँले बढेको छ । अत्याधिक घाटा भएको भन्दै नेपाल आयल निगमले शुक्रबार बिहानदेखि लागु हुनेगरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । 

      यो मूल्य समायोजन पछि पनि १५ दिनमा ११ अर्ब ७१ करोड रूपैयाँ  घाटा हुने निगमले जनाएको छ । मूल्य बढेसंगै पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १९९।५० रुपैयाँ पुगेको छ । 

    सो क्षेत्रमा डिजेलरमट्टितेलको मूल्य १७९ रुपैयाँ ५० पैसा कामय भएको छ । यस्तै दोस्रो वर्गमा रहेका सुर्खेत र दाङमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८६ रुपैयाँ रहेकामा अहिले बढेर २०१ रुपैयाँ पुगेको छ । 

    त्यस्तै सो क्षेत्रमा डिजेलरमट्टितेलको मूल्य १८१ रुपैयाँ प्रतिलिटर पुगेको छ । वृद्धि गरिएको मूल्य अनुसार अब तेस्रो वर्ग अर्थात काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । 

    त्यसैगरी डिजल मट्टितेलको मूल्य १८२ रुपैयाँ प्रतिलिटर पुगेको निगमले जनाएको छ । मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ३४।३६ रुपैयाँ, डिजेलमा १२०।५४ रुपैयाँ र एलपी ग्यासमा प्रतिशिलिन्डर ४१६।३७ रुपैयाँ घाटा रहेको जारी बिज्ञप्तिमा  जनाइएको छ ।

    oil new.jfif
    undefined




    images

    Logo