काठमाडौं । आज दिउँसो बसेको मन्त्रीपरिषद्को आकस्मिक वैठकले डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि एशियाली विकास बैंक र विश्व बैंकबाट ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। विश्व बैंकबाट दिगो र समावेशी वित्त परियोजनाका लागि ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।
त्यसैगरी वैठकले पेट्रोलियम आपूर्तीमा समस्या भएपछि ०८२ चैत २३ गतेदेखि सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ। त्यस्तै, आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
त्यसैगरी वैठकले राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिभएको राजीनामा स्वीकृत गरेको छ । डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय समेत वैठकले गरेको छ।


