काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त भएका ओलीले संविधानको धारा ७६ (३) अनुसार प्रतिनिधिसभाको सबेभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले शपथ ग्रहण गर्न लागेका हुन् ।
ओलीले दिउँसो २ः३० मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । शपथ ग्रहणलगत्तै आजै ओलीले मन्त्रीहरुको नियुक्ति गर्ने र उनीको शपथग्रहण समेत लगत्तै हुने कार्यक्रम रहेको जनाइएको छ ।