images
images

सूर्यविनायक नगरपालिकाबाटै प्यान कार्ड लगायतका करसम्बन्धि काम हुने


  • 202
    SHARES
  • २०८३ बैशाख १६ गते बुधबार

    सूर्यविनायक नगरपालिकाबाटै प्यान कार्ड लगायतका करसम्बन्धि काम हुने

    भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाबाटै प्यान कार्ड लगायतका करसम्बन्धि काम हुने भएको छ । नगरवासीलाई सहज र छिटो छरितो सेवा प्रदान गर्ने उदेश्यले नगरपालिकाबाटै करसम्बन्धि सेवा प्रदान गर्न लागिएको हो । 

    आन्तरिक राजस्व विभागको मिति गत पुस २० गतेको निर्णयअनुसार, आन्तरिक राजस्व कार्यालय, भक्तपुर र सूर्यविनायक नगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएर काम शुरु गर्न लागिएको हो । नगर प्रमुख बाशुदेव थापाको रोहवरमा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत युवराज आचार्य र आन्तरिक राजश्व कार्यालय भक्तपुरकि प्रमुख कर अधिकृत उषा पोखरेलले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । 

    नगर प्रमुख बाशुदेव थापाका अनुसार, यो सहकार्यको उद्देश्य आन्तरिक राजस्व कार्यालयबाट प्रदान हुँदै आएका सेवाहरू सूर्यविनायक नगरपालिकाबाटै सहज रूपमा उपलब्ध हुने छन्  । यस समझदारीपत्रमार्फत करदाता मैत्री सेवाहरूलाई अझ सरल, सहज र पहुँचयोग्य बनाउँदै नगरवासीले आवश्यक राजस्वसम्बन्धी सेवा अब आफ्नै नगरबाट प्राप्त गर्ने नगर प्रमुख थापाले जानकारी दिए ।

    surya-2.jfif

     करको सोवा शुरु भएसंगै सेवाग्राहीको समय तथा लागत बचत हुनुका साथै सेवा प्रवाहमा थप प्रभावकारिता आउने अपेक्षा प्रमुख थापाको छ। यो सेवा शुरू भएपछि  प्यान कार्ड लगायतका सामान्य कामका लागि आन्तरिक राजश्व कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताए ।

     पालिकाबाट सेवा शुरू गर्नुअघि अधिकृत र राजश्व शाखासंग सम्बन्धित कर्मचारीलाई प्रशिक्षण दिन लागिएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत आचार्यले भने, अब पालिकाबाट व्यक्तिगत प्यान, व्यावसायिक प्यान लिन सक्ने छन्। त्यसैगरी मुल्य अभिबृदी कर भ्याट, अन्तशुल्क र कर चुक्ता सम्बन्धि प्रारम्भिक कागजात नगरपालिकामा पेशगरी नगरपालिकाले आन्तरिक राजश्व कार्यालयलाई सिफारिस गर्नेछ ।

    सो कार्यालयले कागजात, अनलाइनबटै जाँचगरी पुनः नगरपालिकामा पठाएपछि नगरपालिकाबाट प्रमाणपत्र जारी गर्ने काम नगरपालिकाबाट हुने प्रमुख कार्यकारी अधिकृत आचार्यले जानकारी दिए । आयकरतर्फको कारोबार बन्द गर्न, करदाता विवरण संसोधन गर्न, मूल्य अभिवृद्धि कर दर्ताका लागि सिफारिस गर्न, कर चुक्ताका लागि सिफारिस गर्न र आन्तरिक राजस्व कार्यालयको समन्वयमा करदाता शिक्षासमेत अव नगरपालिकाले नै गर्नेै भएको छ । 

    surya 3.jfif
    undefined




    images

    Logo