images
images

काठमाडौं र ललितपुरका मसाज सेन्टरबाट दुुई सय ५८ पक्राउ


  • 222
    SHARES
  • २०८३ बैशाख २० गते आइतबार

    काठमाडौं र ललितपुरका मसाज सेन्टरबाट दुुई सय ५८ पक्राउ

    काठमाडौं । काठमाडौं र ललितपुरका मसाज सेन्टरबाट दुई सय ५८ पक्राउ परेका छन् । अनैतिक कृयाकलाप गरेको आरोपमा काठमाडौं र ललितपुरका मसाज सेन्टरबाटउनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार ५७ वटा मसाज सेन्टरमा छापा मारेको हो। ती मसाज सेन्टरबाट प्रहरीले २४० महिला र १८ जना पुरूष गरी २५८लाई नियन्त्रणमा लिएको जनाइएको छ । 

    मसाज सेन्टरको नाममा अनैतिक कृयाकलाप गर्ने, विदेशी नागरिकलाई ठगी गर्ने, दर्ता नगरी चलाइएको गुनासो बढेपछि प्रहरीले ती सेन्टरमा छापा हानेको हो । प्रहरीले ठमेल, बौद्ध र ललितपुरका विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।




    images

    Logo