images
images

इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डे पक्राउ


  • 224
    SHARES
  • २०८३ बैशाख ३० गते बुधबार

    इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डे पक्राउ

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ परेका  छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले सीईओ पाण्डेलाई पक्राउ गरेको हो । 

    पाण्डेलाई सिन्धुलीको कमलामाई नगरपालिका( ६ बसपार्कबाट  वैशाख २९ गते राति करिब ८ बजे पक्राउ गरेको सीआई प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए । उनलाई बुधबार काठमाडौं ल्याइएको बताइएको  छ । 

    काठमाडौंको रक्तकाली स्थाई बासिन्दा पाण्डे  ललितपुरको मानभवन बस्दै आएका  थिए । ६३ वर्षीय पाण्डेविरुद्ध मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वाशघातको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता एवम् एसएसपी श्रेष्ठले बताए ।

    pp.jfif


    images

    Logo