images
images

कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खननमा तीन महिना रोक


  • 188
    SHARES
  • २०८३ जेठ ८ गते शुक्रबार

    कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खननमा तीन महिना रोक

    कास्की । कास्की जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि तीन महिना रोक लगाइने भएको छ । जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिको बिहीबार बसेको बैठकले असारदेखि भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेकोहो । 

     जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलका अनुसार, ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थपन मापदण्ड, २०७७ बमोजिम सो निर्णय गरिएको हो । बैठकले निर्णयलाई कडाइका साथ कार्यान्वय गर्न प्रदेश, स्थानीय तह र नेपाल सरकारका सरोकारवाला निकायहरूलाई निर्देशन दिएको छ । 

    सो निर्णय अनुसार, नदीजन्य तथा खानीजन्य पदार्थकोअवैध उत्खनन, अवैध सङ्कलन तथा अनधिकृत ओसारपसार पूर्ण रूपमा बन्देज लगाइएको छ । नदी खोला, वन क्षेत्र खेतीयोग्य जमिन विपद् जोखिम क्षेत्र बस्तीमा वातावरणीय विनास नहुने गरी मात्र उत्खनन व्यवस्थापन गर्ने, स्थानीय तहहरूले नदीजन्य वस्तुको उत्खनन समय बिहान ८ः०० देखि बेलुका ६ः०० बजेसम्म तोक्नेसमेत निर्णय बैठकले गरेको छ ।

    त्यसैगरी, समयको पालना नभएका क्षेत्रमा अनुगमन गरी रोक लगाउने, उत्खननबाट प्राप्त राजस्व गुम्न नदिन वास्तविक कारोबार मूल्यमा बिलबिजक जारी हुने अवस्था सुनिश्चित गर्ने निर्णयसमेत गरेको छ । बैठकले पालिकाहरूले नदीजन्य खानीजन्य पदार्थको उत्खनन र सङ्कलन गरिने क्षेत्र स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनले तोकेको स्थान र क्षेत्रमा कार्ययोजना तयार गरी गाउँ र नगरपालिकाबाट स्वीकृत गरेरमात्र गर्न, स्वीकृत परिणामभन्दा बढी उत्खनन र सङ्कलन हुन नदिन अनुगमन गर्ने निर्णयसमेत गरेको छ । 




    images

    Logo