images
images

नेपाल  एसियन गेम्स क्रिकेट छनोटको फाइनलमा


  • 169
    SHARES
  • २०८३ जेठ २४ गते आइतबार

    नेपाल  एसियन गेम्स क्रिकेट छनोटको फाइनलमा

    काठमाडौं । नेपाल  एसियन गेम्स क्रिकेट छनोटको फाइनलमा पुगेको छ । सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

    आज बिहान ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।नेपालका लागि लोकेश बमले सर्वाधिक ४४ रन बनाएर अविजित रहे । रोहित पौडेल २१ रनमा अविजित रहे । 

    त्यसअघि कुशल भुर्तेलले २० अनि आसिफ शेखले १ रन बनाएका थिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा अलआउट हुँदै ९४ रन बनाएको थियो ।

     ओमानका लागि कप्तान सुफिया मेहमुदले सर्वाधिक ३८ रन बनाए । जुबेर अली अकबरले २२ रन बनाए । नेपालका लागि करण केसीले ३ विकेट लिए । सोमपाल कामी, सन्दीप लामिछानेले समान २ विकेट लिए । शाहब आलम, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लले १–१ विकेट लिए ।

    नेपालले फाइनलमा हङकङ र मलेसियाबीचको विजेतासँग खेल्नेछ । हङकङ र मलेसियाबीच आज दिउँसो सवा १२ बजेदेखि खेल हुनेछ । नेपालसहित सेमिफाइनल पुगेका चारवटै टोली यसअघिनै एसियन गेम्सका लागि छनोट भइसकेका छन् ।

    Tags:

    # ICAN



    images

    Logo