images
images

ओलीको आँखामा पुरानै कार्यकर्ता


  • 367
    SHARES
  • २०७८ बैशाख ३१ गते शुक्रबार

    ओलीको आँखामा पुरानै कार्यकर्ता

    काठमाडौं । मन्त्रीपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले  पुरानै कार्यकर्तालाई निरन्तरता दिने भएका छन् ।

    बालुवाटार स्रोतका अनुसार पार्टीभित्रको विवाद समाधान गर्न कार्यदल बन्ने प्रक्रियामा रहेकाले आजै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहबाट मन्त्री बन्ने सम्भावना नरहेको जानकारी दिए ।

    जनता समाजवादी पार्टीका महन्थ ठाकुर, राजेन्द्र महतो समूहले पनि माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने बताए ।

    प्रधानमन्त्री ओलीले आजै दिउँसो २ः३० बजे शपथग्रहणको तयारी गरेका छन् । उनको कार्यकालमा ओलीले तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिदै छन् ।

     


    images

    Logo