images
images

माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक


  • 158
    SHARES
  • २०८३ जेठ २५ गते सोमबार

    माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक
    चितवन । यहाँस्थित माडी नगरपालिकाले नगरपालिकाभित्र प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक लगाएको छ । 
     
    नगरपालिकाले एक सूचना जारी गर्दै प्लाष्टिकबाट तयार पारिएका कप, गिलास, प्लेट, काँटा र अन्य प्लाष्टिक जन्य सामग्री बिक्रीमा रोक लगाएको हो ।
     
    कार्यकारी अधिकृत जगतप्रसाद भुसालले नगरभित्र  बिक्रीका लागि प्लाष्टिकजन्य सामग्री व्यवस्थापन गर्न दिएको समय सकिएकाले यसपछिको बिक्रीमा रोक लगाएको जानकारी दिए । 
     
    नगरप्रमुख ताराकुमारी काजी महतोले नगवासीलाई प्लाष्टिकका सामग्रीको विकल्पमा सालका पातबाट तयार पारिएका वस्तुको प्रयोग गर्न आग्रह गरेका छन् । 


    images

    Logo