काठमाडौँ । सरकारले निजामती सेवा सोह्रौँ संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो नियमावली स्वीकृत गरेको हो ।
वैठकले नेपाल रेडक्रस सोसाइटीको नेतृत्व तथा व्यवस्थापनलाई व्यवस्थित गर्न विशालकुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सो जानकारी दिएका हुन् ।
मन्त्रिपरिषद्को बैठकले चारवटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ । स्वीकृतिप्राप्त गर्ने आयोजनामा तल्लो अरुण जलविद्युत् आयोजना, लोवर न्यादी खोला जलविद्युत् आयोजना, घुन्सा खोला जलविद्युत् आयोजना तथा तादी खोला जलविद्युत् आयोजना रहेका छन् ।
त्यसैगरी, पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन मन्त्रिपरिषद्ले ग्रहण गर्ने निर्णय गरेको छ ।


