images
images

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुंदैछ कारोवार ?


  • 86
    SHARES
  • २०८३ आषाढ ७ गते आइतबार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुंदैछ कारोवार ?
    काठमाडौँ । सुनचाँदीको मूल्य आज सामान्य बढेको छ । सुन तोलामा ६०० र चाँदी ५० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज एक तोला सुनको मुल्य दुई लाख ८७ हजार ३०० कायम भएको छ ।
     
    त्यसैगरी चाँदी तोलाको चार हजार ६९० मा कारोवार भइराखेको छ । शुक्रबार एक तोला सुन दुई लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ६४० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १५५ र चाँदी ६४ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 




    images

    Logo