images
images

बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द


  • 107
    SHARES
  • २०८३ आषाढ १९ गते शुक्रबार

    बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

    काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा धमिलो पानी पसेपछि पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको हो । 

    धमिलो पानी प्रशोधन गर्न समस्या भएका कारण मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रवाह  हुने पानीको आपूर्ति अस्थायी रूपमा जनाइएको छ । चन्दले भने, “वर्षाले मुहानमा पानी अत्यधिक धमिलो भएको छ, गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार पानी आपूर्ति सञ्चालन गरिनेछ ।” निरन्तर वर्षा भएका खण्डमा  भने काठमाडौँमा पानी आपूर्ति गर्न केही समय लाग्ने कार्यालयले जनाएको छ । 




    images

    Logo