images
images

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुंदैछ कारोवार ?


  • 125
    SHARES
  • २०८३ आषाढ १९ गते शुक्रबार

    आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुंदैछ कारोवार ?

    काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुन तोलामा सात हजार २०० र चाँदी १६५ ले बढेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला दुई लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६१५ कायम भएको छ ।
    हिजो बिहीबार छापावाल सुुन प्रतितोला दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४५० कायम भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १७९ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 


    images

    Logo