images
images

पूर्व रानी कोमल र राजकुमारी प्रेरणा शाह कोरोना मुक्त


  • 716
    SHARES
  • २०७८ बैशाख ३१ गते शुक्रबार

    पूर्व रानी कोमल र राजकुमारी प्रेरणा शाह कोरोना मुक्त

    काठमाडौं ।  नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाह आज अपरान्ह ४ बजे डिस्चार्ज भएकी छिन् ।

    पूर्वरानी कोमल शाहलाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो । 

    क्रमिक रुपमा सुधार भइरहेको उनको अवस्था सामान्य बन्दै गएपछि डिस्चार्ज गरिएको हो ।

    उनीसँगै पूर्व अधिराजकुमारी प्रेरणा शाह समेत अस्पतालबाट  डिस्चार्ज भएकी छिन् ।

    पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था सुरुवातदेखि नै सामान्य र स्थिर थियो ।

    पूर्वराजा ज्ञानेन्द्र शाह बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका हुन् । 

     

     


    images

    Logo