images
images

एनएमबि बैंकका ग्राहकले अनलाईन केवाइसी अपडेट गर्न सक्ने 


  • 595
    SHARES
  • २०७८ बैशाख ३१ गते शुक्रबार

    एनएमबि बैंकका ग्राहकले अनलाईन केवाइसी अपडेट गर्न सक्ने 

    काठमाडौं । अब एनएमबि बैंकका ग्राहकले अनलाईनबाटै केवाईसी अपडेट गर्न सक्ने भएका छन्  । अब एनएमबि बैंकका ग्राहकहरूले आफ्नोे घर÷कार्यालयबाट केवाईसी विवरणहरू अनलाईन अपडेट गर्न सक्नेछन् ।

    बैंकका ग्राहकहरूले एनएमबि नयाँ डिजिटल प्लेटफर्महरू (ओम्निच्यानल÷सामाजिक सञ्जाल) मार्फत अनलाइन नयाँ खाता खोल्ने, खाता खोलिसकेका ग्राहकहरूले पनि सजिलै यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्नेछन् । यस नयाँ प्रणालीको साथ, अनलाइन खाताहरू खोल्ने क्रममा ग्राहकले एकपटक आफ्नो व्यक्तिगत पहिचान प्रमाणीकरण गर्न कुनै शाखा रोज्नु पर्नेछ, खाता सक्रिय गर्नका लागि हस्ताक्षर बाहेक कुनै पनि फारम भर्नु पर्ने छैन् ।

    ‘एनएमबिले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिंङको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिंङको परम्परागत उपयोगको परिधि भन्दामाथी उठेर बैंकमा नगई मुख्य बैंकिंङ गतिविधिहरु संचालन गर्न सकिने छ ।

    हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी बैंकिंङ कारोवार सहज बनाउनुको साथै सबै प्रकारको म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागज बिहीन बैंकिंङ प्रदान गर्दछ जुन बैंकको ‘ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिंङका सदस्यको नाताले वातावरण मैत्री बैंकिंङ प्रति प्रतिबद्धता पुरा गर्नु रहेको छ’, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


    images

    Logo