images
images

मठमन्दिरको तथ्यांक अद्यावधिक गर्दै हेटौँडा उपमहानगर


  • 136
    SHARES
  • २०८३ आषाढ ३० गते मंगलबार

    मठमन्दिरको तथ्यांक अद्यावधिक गर्दै हेटौँडा उपमहानगर

    बागमती । हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका मठमन्दिर तथा धार्मिक संघ संस्थाको तथ्यांक अद्यावधिक गर्न सुरु गरेको छ ।

    उपमहानगर भित्रका मठमन्दिर दर्ता भए–नभएको एवं विद्यमान अवस्थालगायतका विषयमा जानकारी लिने उद्देश्यले तथ्यांक अद्यावधिक गर्न लागिएको सञ्चार तथा सूचना प्रविधि अधिकृत भानुभक्त थपलियाले जानकारी दिए । 

    “यहाँका विभिन्न मठमन्दिरमा वर्षेनी राज्यको लगानी भइरहेको छ”, उनले भने, “राज्यको लगानी हुने धार्मिक संस्थाको दर्ताको अवस्थालगायतका विषयमा जानकारी लिन हामीले यकिन तथ्यांक संकलन गर्न लागेका छौँ ।” तथ्यांक संकलनका लागि सम्बन्धित वडामा पनि छलफल अघि बढाउन लागिएको उनले जानकारी दिए।

    कूल १९ वटा वडा रहेको हेटौँडा उपमहानगर क्षेत्रमा विशिष्ट धार्मिक महत्वका चुरियामाई, भुटनदेवी, मनकामना, पाथीभरा, भुवनेश्वर पशुपति, गोरक्षक्षेत्र, लक्ष्मीनारायण मन्दिरजस्ता सम्पदास्थल छन् ।

    मठमन्दिरसहितका ती सम्पदाको तथ्यांक अद्यावधि गरी व्यवस्थित धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उपमहानगरपालिकाले जनाएको छ । 


    images

    Logo