images
images

लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै


  • 137
    SHARES
  • २०८३ श्रावण ३ गते आइतबार

    लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै
    जनकपुरधाम । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले मलको पर्याप्त मौज्दात रहेको स्पष्ट गर्दै थप आपूर्ति पनि हुने बताएको छ । 
     
    आर्थिक वर्षमा १६ हजार ८४० दशमलव ३७५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको जनाउँदै कम्पनीले हाल ५५ दशमलव ६०० मेट्रिक टन युरिया, २१९ दशमलव ६५० मेट्रिक टन डीएपी, ८६ दशमलव ६५० मेट्रिक टन पोटास र ७८ दशमलव ७७५ मेट्रिक टन कृषि चुन मौज्दात रहेको  बताएको छ । 
     
    कार्यालय प्रमुख चेवन खड्काका अनुसार मलको नियमित आपूर्तिलाई व्यवस्थित बनाइएको छ । कृषि उत्पादन वृद्धि गर्न  किसानलाई समयमै मल र अन्य कृषि सामग्रीको अभाव नहुने उनले बताए । 


    images

    Logo