images
images

सुनको मुल्य एकैदिन ५४०० बढ्यो, चाँदी पनि महंगीयो


  • 159
    SHARES
  • २०८३ श्रावण ६ गते बुधबार

    सुनको मुल्य एकैदिन ५४०० बढ्यो, चाँदी पनि महंगीयो

    काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा पाँच हजार ४०० र चाँदी ११० ले बढेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ४८० निर्धारण भएको छ । हिजो प्रतितोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ३७० निर्धारण भएको थियो । 

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३९ र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 




    images

    Logo