images
images

पर्यटक आगमनमा ७.२१ प्रतिशत वृद्धि, १२ लाखभन्दा बढी विदेशी नेपाल भित्रिए


  • 257
    SHARES
  • २०८३ श्रावण ९ गते शनिबार

    पर्यटक आगमनमा ७.२१ प्रतिशत वृद्धि, १२ लाखभन्दा बढी विदेशी नेपाल भित्रिए

    काठमाडौं । नेपालमा विदेशी पर्यटक आगमन निरन्तर बढ्दो क्रममा देखिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार आर्थिक वर्ष २०८२/८३ मा हवाई मार्गबाट १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७.२१ प्रतिशतले बढी हो।

    अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा हवाई मार्गबाट ११ लाख २८ हजार विदेशी पर्यटक नेपाल आएका थिए। यस वर्षको कुल आगमनमध्ये सबैभन्दा धेरै ३ लाख ११ हजार ५३१ भारतीय पर्यटक रहेका छन्, जसले कुल आगमनको २५.७६ प्रतिशत हिस्सा ओगटेका छन्। भारतपछि अमेरिकाबाट १ लाख ११ हजार ३२५ र चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक नेपाल भ्रमणमा आएका छन्।

    तथ्याङ्कअनुसार पर्यटकीय सिजन मानिने कात्तिक महिनामा सबैभन्दा धेरै १ लाख २४ हजार ८२९ पर्यटक नेपाल भित्रिएका थिए। त्यसपछि चैतमा १ लाख १९ हजार, फागुनमा १ लाख १४ हजार र असोजमा १ लाख ११ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन्।

    सरकारले सन् २०२७ लाई ‘आरोग्य पर्यटन वर्ष’ का रूपमा मनाउने घोषणा गरिसकेको र त्यसका लागि तयारी अघि बढेकाले चालु आर्थिक वर्षमा पर्यटक आगमन अझ बढ्ने अपेक्षा गरिएको छ। पर्यटन बोर्डले अबको रणनीति उच्च खर्च गर्ने पर्यटक आकर्षित गर्ने, उनीहरूको बसाइ अवधि लम्ब्याउने तथा नयाँ अन्तर्राष्ट्रिय बजारमा नेपालको पहुँच विस्तार गर्नेमा केन्द्रित रहने जनाएको छ।


    images

    Logo