images
images

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु


  • 112
    SHARES
  • २०८३ श्रावण १३ गते बुधबार

    एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

    काठमाडौँ । एकै दिन देशका विभिन्न भागमा  विभिन्न प्रकारका विपद्का ४२ वटा घटना भएका छन् । ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन ११ गते बिहान १०:०० बजेदेखि साउन १२ गते बिहान १०:००सम्मको विवरणअनुसार विपद्का घटनाबाट १० जिल्ला प्रभावित भएका छन् । यो अवधिमा तीन जनाको मृत्यु भएको, २१ जना घाइते भएको र कोही पनि बेपत्ता नभएको प्राधिकरणले जनाएको छ ।

    सबैभन्दा बढी १२ वटा सर्प दंशका घटना भएका, १२ वटा पहिरो, सात आगलागी, छ अविरल वर्षा, तीन जनावर आक्रमण, एक बाढी र एक भूकम्पको घटना भएका छन् । 

    ती घटनाका कारण करिब रु नौ लाख २२ हजार ५०० बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 

    यसैबीच, चालु वर्षको वैशाख १ गतेदेखि साउन १२ गते बिहानसम्म देशभर तीन हजार ७८८ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी १९२ जनाको मृत्यु, तीन जना बेपत्ता र एक हजार १३९ जना घाइते भएका छन्। यस अवधिमा पाँच हजार चार परिवार विभिन्न विपद्बाट प्रभावित भएका प्राधिकरणले जनाएको छ ।


    images

    Logo