images
images

तीन हजार ९५१ विपद्का घटनामा परेर १९३ जनाको मृत्यु


  • 60
    SHARES
  • २०८३ श्रावण १५ गते शुक्रबार

    तीन हजार ९५१ विपद्का घटनामा परेर १९३ जनाको मृत्यु

    काठमाडौँ । वैशाख १ देखि साउन १४ गतेसम्म देशका विभिन्न भागमा तीन हजार ९५१ विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार  ती घटनामा  परेर  एक सय ९३ जनाको मृत्यु भएको छ । 

     ती घट्नामा परेर तीन जना बेपत्ता भएका छन्भने एक हजार १६५ जना घाइते तथा पाँच हजार ८७ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ । सो अवधिमा सबैभन्दा बढी एक हजार दुई वटा आगलागीका घटना भएका छन् । 

    त्यसैगरी सर्पदंशका ६७०, पहिरोका ६६२, हुण्डरीका ४७९, चट्याङका २३१, भारी वर्षाका २२६, वन्यजन्तु आक्रमणका २१८, बाढीका १९८ र वन डढेलोका १९१ घटना भएका छन् । 




    images

    Logo