images
images

बरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन


  • 154
    SHARES
  • २०८३ श्रावण २६ गते मंगलबार

    बरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

    काठमाडौं । बरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन भएको छ । ८१ वर्षे विमलको मंगलवार बिहान जनकपुरमा उनको निधन भएको हो । उनी मुटु रोगबाट पीडित थिए । 

    राति घरमै नातिसँग खेलिरहेका उनको स्वास्थ्यमा एक्कासि समस्या उत्पन्न भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनको उपचारको क्रममा अक्सिजनको मात्रा घट्दै गएपछि १ बजेतिर निधन भएको बताइएको छ । 


    अध्यापन पेसामा लामो समय काम गरेका उनले विज्ञान विषयमा विद्यावारिधी गर्दै नेपाली, हिन्दी तथा अंग्रेजीमा स्नाकोत्तर गरेका थिए । बाल्यकाल देखि नै साहित्यमा रुचि देखाएका उनको विभिन्न कथा, नाटक तथा लघुकथाहरू प्रकाशन भएका छन् । 

    नेपाली तथा मैथिली भाषामा उच्च योगदान पुर्‍याएको भन्दै डा.विमल २०६६ सालको जगदम्बाश्री पुरस्कारबाट पनि सम्मानित भएका थिए । भानु प्रतिष्ठान, काठमाडौंले एक विज्ञप्ति जारी गर्दै नेपाली तथा मैथिली साहित्यका विशिष्ट साधक, प्रखर चिन्तक एवं बहुभाषिक स्रष्टा डा. विमलको दुःखद अवसानको खबरले प्रतिष्ठान परिवार स्तब्ध र मर्माहत भएको उल्लेख गरेको छ ।

    अन्तिम श्रद्धाञ्जलीको लागि अहिले उनको शव निजी निवास जनकपुर १० देवीचौकमा राखिएको छ । डा. राजेन्द्र विमल प्रतिष्ठानका अध्यक्ष साहित्यकार अवधेश पोखरेलका अनुसार, उनको आजै अन्त्येष्टि गरिने भएको छ । डा. विमलका एक छोरी दुई छोरा छन् ।




    images
    images

    Logo