images
images

महामारीमा नेपाल एयरलाइन्सको सक्रियता, अक्सिजन सिलिन्डर लिन ओमान उड्यो, आजै बेइजिङ जाने 


  • 756
    SHARES
  • २०७८ जेठ १ गते शनिबार

    महामारीमा नेपाल एयरलाइन्सको सक्रियता, अक्सिजन सिलिन्डर लिन ओमान उड्यो, आजै बेइजिङ जाने 

    काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले महामारीको समयमा स्वास्थ्य सामाग्री ल्याउन सक्रियता देखाएको छ । अघिल्लो वर्ष अलपत्र नेपालीको उद्दार गरेर ध्वजाबाहक विमानको महत्व दर्शाएको एनएसी अहिले स्वास्थ्य सामाग्री संकलनका लागि धमाधम विभिन्न देशमा उडिरहेको छ । 

    आज बिहानमात्रै एनएसीको विमान ६ सय अक्सिजन सिलिन्डर लिन ओमानतर्फ उडेको छ । गैर आवासीय नेपाली संघ ओमान र नेपाली दुतावासको सहकार्यमा जम्मा पारिएको सो अक्सिजन सिलिन्डरका लागि नेपाल एयरलाइन्स त्यसतर्फ उडेको हो । सो विमान आजै साँझ नेपाल आइपुग्नेछ । 

    बेलुकी ६ः४० मा सो विमान नेपाल अवतरण गर्ने गर्ने विमान आजै राती बेइजिङ प्रस्थान गर्नेछ । भोलि बेइजिङबाट ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्सा सामग्री आउने जनाइएको छ । 


    images

    Logo