images
images

मिस्टर भक्तपुर बन्नेले एक लाख रुपैंया पुरस्कार पाउँने


  • 154
    SHARES
  • २०८३ भाद्र ८ गते सोमबार

    मिस्टर भक्तपुर बन्नेले एक लाख रुपैंया पुरस्कार पाउँने

    भक्तपुर । भक्तपुरमा छैटौँ मिस्टर भक्तपुर तथा तेस्रो महिला एथलेटिक्स फिटनेस–२०८३ शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ । रफत सञ्चार क्लबमा पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताबारे जानकारी दिएका हुन् । 

    भक्तपुर जिल्ला शारिरिक सुगठन तथा फिटनेस संघको आयोजनामा हुने प्रतियोगितामा भक्तपुर जिल्लाका विभिन्न क्लबबाट खेलाडी सहभागी हुने अध्यक्ष ज्ञानेन्द् मानन्धरले बताए। प्रतियोगितामा पुरुषतर्फ ५५, ६०, ६५, ७० र ७० केजीभन्दा माथिका तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने महिला एथलेटिक्स फिजिक्सतर्फ खुला समूहमा प्रतिस्पर्धा गराइने भएको छ।

    कार्यक्रम संयोजक बाबुकाजि मानन्धरका अनुसार पुरुषतर्फ प्रत्येक तौल समूहका विजेताबीच ओभरअल प्रतिस्पर्धा हुनेछ। ओभरअल विजेताले छैटौँ मिस्टर भक्तपुर–२०८३ को उपाधिसहित नगद १ लाख रुपैयाँ, ट्रफी तथा बायोनेट प्राप्त गर्नेछन्। दोस्रोदेखि पाँचौँ स्थान हासिल गर्ने खेलाडीले क्रमशः ५० हजार, ४० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

    मानन्धरका अनुसार महिला एथलेटिक्स फिजिक्सतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिने छ। प्रतियोगिताको अनुमानित बजेट १५ लाख रुपैयाँ रहेको जनाइएको छ। विभिन्न संघ–संस्था तथा व्यक्तिको सहयोगमा प्रतियोगिता आयोजना गर्न लागिएको मानन्धरका भनाइ छ। 

    प्रतियोगितामा जिल्लाभित्रका करिब ६० जना खेलाडीको सहभागिता रहने छ । प्रतियोगिताको पहिलो दिन असोज २ गते शुक्रबार क्लब डिस्पाराडोमा खेलाडीहरूको वेट राउण्ड तथा ड्रइङ लटको कार्यक्रम हुने मानन्धरले बताए। असोज ३ गते प्रिजजिङ तथा फाइनल खेल हुने र तत्पश्चात् पाँच जना खेलाडी चयन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले २०८३ भदौ २६ गते शुक्रबारसम्म फारम बुझाउनु पर्नेछ। 


    images
    images

    Logo