images
images

दीपक साह बने उद्योगमन्त्री, यस्ता छन् चुनौती


  • 72
    SHARES
  • २०८३ भाद्र २५ गते बिहीबार

    दीपक साह बने उद्योगमन्त्री, यस्ता छन् चुनौती

    काठमाडौं । सुनसरी क्षेत्र नं ४ का सांसद दीपक साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् । नवनियुक्त मन्त्री साहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्री नियुक्त भएका साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको हो । साहको मन्त्री नियुक्तिलाई उनको राजनीतिक पृष्ठभूमिका कारण पनि चासोका साथ हेरिएको छ । उनी जनमत पार्टीबाट राजनीतिमा आएर पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग जोडिएका नेता हुन् ।

    नयाँ उद्योगमन्त्रीका रूपमा साहसामु मुलुकको औद्योगिक वातावरण सुधार, लगानी प्रवद्र्धन, स्वदेशी उत्पादन वृद्धि र निजी क्षेत्रका समस्या सम्बोधन गर्ने चुनौती छन् । उद्योगी-व्यवसायीले लामो समयदेखि उठाउँदै आएका नीतिगत झन्झट, लगानीको वातावरण, उत्पादन लागत, आयात–निर्यात तथा आपूर्ति व्यवस्थापनका विषय पनि उनको कार्यसम्पादनसँग जोडिनेछन् ।




    images
    images

    Logo