images
images

बूढानीलकण्ठबाट२२ किलाे सुन बरामद, चारजना पक्राउ


  • 9
    SHARES
  • २०८३ आश्विन २३ गते शुक्रबार

    बूढानीलकण्ठबाट२२ किलाे सुन बरामद, चारजना पक्राउ

    काठमाडौं । प्रहरीले काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट २२ किलो सुन बरामद गरेको छ। बिहीबार विशेष सूचनाका आधारमा परिचालित प्रहरी टोलीले  सो परिणामको सुन बरामद गरेको हो । 

    प्रहरी उच्च स्रोतका अनुसार, उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बूढानीलकण्ठ क्षेत्रमा खोजतलास गर्ने क्रममा सुन बरामद गरेको हो।
     
    प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन चिनियाँ र एक नेपालीलाई पक्राउ गरेको छ । सुन घट्नाबारे जानकारी दिन शुक्रबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेको छ ।


    images
    images

    Logo