काठमाडौं । अक्सिजन सिलिण्डर सांसदको घरमा भेटिएको भन्दै अहिले सामाजिक संजालमा एउटा भिडियो भाइरल भएको छ ।
यसले जनताप्रति थप आक्रोश पइदा गरेको छ ।
अक्सिजन सिलिण्डर घरमा राख्ने सांसद गंगा चौधरी हुन् ।
उनका भनाइ अनुसार उनले आफ्नो व्यक्तिगत प्रयोजनका लागि नभई दाङको लमहीस्थित आइसोलेसन सेन्टरको लागि पाँच थान अक्सिजन सिलिण्डर घरमा ल्याएर राखेको बताइन् ।
दाङको लमहीस्थित कोभिड आइसोलेसन सेन्टरका लागि अक्सिजन सिलिण्डर जम्मा गरेको र यो लिएर उनी दाङ गइसकेको जानकारी गराइन् ।
चौधरी दाङको एमाले सांसद हुन् ।
उनले अस्पतालको माग फारम, स्वास्थ्य विभागले दिएको भर्पाइ लगायतका सबै कागजपत्र आफूसँग रहेको बताइन् ।