काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज बैद्यको कम्पनीले नापतौलमा ठगी गरेको पुष्टि भएको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागले चितवनमा रहेको वेलहोप एग्रिटेकले ५० किलो लेखिएको बोरामा ४६ किलोमात्रै दाना बिक्री गरेको पाएको छ ।
भरतपुर महानगरपालिका वडा नं। २३ का अध्यक्ष नरिनारायण पौडेललाई साक्षी राखेर किसानले दानाको बोरा तौलिएका थिए ।
जसमा ५० किलो दानामा ४६ किलो हाराहारी मात्रै तौल भएका १० बोरा दाना जफत गरेको थियो ।
गुणस्तर विभागका अनुसार तौल ठगीको आरोपमा स्ट्याण्डर्ड नाप तौल ऐन २०२५ अनुसार ठगीको आरोपमा उद्योगको अध्यक्षलाई नै मुद्दा चल्ने कानुनी प्रवधान छ ।
ठगी पुष्टि भए कम्पनीका अध्यक्षलाई ३० हजार रुपैयाँ जरिवाना र ३ वर्ष कैद हुने कानुनी प्रावधान छ ।