images
images

चालु आर्थिक वर्षमा भारतबाट सवारीसाधन र पार्टपुर्जा आयतमा ३३ प्रतिशतले वृद्धि


  • 706
    SHARES
  • २०७८ जेठ २ गते आइतबार

    चालु आर्थिक वर्षमा भारतबाट सवारीसाधन र पार्टपुर्जा आयतमा ३३ प्रतिशतले वृद्धि

    काठमाडौं । नेपालमा सबैभन्दा धेरै  सवारीसाधन र पार्टपुर्जा भारतबाट आयात हुने गरेको छ । 

    गत वर्ष ५८ अर्ब ८० करोड  रुपैयाँ बराबरको सवारीसाधन र पार्टपुर्जा भारतबाट आयात भएको थियो। 

    यस वर्षको पहिलो ९ महिनामा भारतबाट ७८ अर्ब ४८ करोड  रुपैयाँको सवारीसाधन र पार्टपुर्जा आयात भएको देखिन्छ । 

    गत आवको  तुलनामा यस आवमा ३३ प्रतिशतले वृद्धि भएको हो । 

    नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ९५ अर्ब ५४ करोड ९९ लाख रुपैयाँ बराबरको सवारीसाधन, पार्टपुर्जा र टायर आयात भएको छ ।

    जुन गत वर्षको सोही अवधिको तुलनामा २६.९ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा ७५ अर्ब २७ करोड १३ लाख रुपैयाँको सवारीसाधन, पार्टपुर्जा र टायर आयात भएको थियो ।

    कोभिड–१९ को प्रकोपका कारण उपभोक्ताहरु सार्वजनिक सवारीसाधनमा भन्दा निजीमा आकर्षित भएका छन् ।

    बैंकहरुले सस्तो ब्याजदर र सहज फाइनान्सिङको व्यवस्थाले गर्दा निजी सवारी चढ्ने बढिरहेका छन् ।

    यातायात व्यवस्था विभागको अनुसार आर्थिक वर्ष २०७६÷७७ मा मुलुकभर करिब ४० लाख सवारी दर्ता भइ सञ्चालनमा रहेका छन् । 

    जसमा दुई पांग्रेले ८० प्रतिशत बजार ओगटेको छ ।

     


    images

    Logo