images
images

भक्तपुरको नेपाल इन्जिनीयरिङ कलेजमा १०० श्ययाको  आइसोलेशन वार्ड तयार


  • 785
    SHARES
  • २०७८ जेठ २ गते आइतबार

    भक्तपुरको नेपाल इन्जिनीयरिङ कलेजमा १०० श्ययाको  आइसोलेशन वार्ड तयार

    भक्तपुर । चाँगुनारायण नगरपालिकाले भक्तपुरको दुवाकोटमा रहेको नेपाल इन्जिनीयरिङ कलेजमा १०० श्ययाको आइसोलेशन तयार गरी बिरामी राख्न थालेको छ । 

    आइसोलेशनका लागि श्यया, ओढ्ने, ओछ्याउने, तकिया, तन्ना, साबुन, रुमाल, दन्तमन्जनलगायतका आवश्यक सामानका १०० सेट सरकारले नै उपलब्ध गराएको नगर प्रमुख सोम मिश्रले जानकारी दिए ।

    कलेजको आइसोलेशनमा होम आइसोलेशनमा बस्न नसक्ने, अक्सिजन नचाहिने सामान्य बिरामी राखेको छ । 

    आवश्यक परेमा अक्सिजन र स्वास्थ्यकर्मीसहितको टोली खटाइने नगर प्रमुख मिश्रले बताए । 

    नगरवासीलाई प्रत्येक दिन साँझ चिकित्सकसँग सङ्क्रमणमा परेका बिरामीले प्रत्यक्ष कुराकानी गर्ने र कस्ता औषधि सेवन गर्ने, होम आइसोलेशनमा बस्दा ध्यान दिनुपर्ने कुरा, सावधानी अपनाउनुपर्ने बारेमा चिकित्सक र बिरामीको कुराकानीसहितको चिकित्सकसँग परामर्श कार्यक्रम नगरपालिकाले सञ्चालन गरेको नगरप्रमुख मिश्रले जानकारी दिए ।

     


    images

    Logo