images
images

एनआरएनए मार्फत नेपाल सरकारलाई ५६० अक्सिजन सिलिण्डर हस्तान्तरण, कुन प्रदेशले कतिवटा पाउने


  • 549
    SHARES
  • २०७८ जेठ २ गते आइतबार

    एनआरएनए मार्फत नेपाल सरकारलाई ५६० अक्सिजन सिलिण्डर हस्तान्तरण, कुन प्रदेशले कतिवटा पाउने

    काठमाडौं । नेपाल ल्याइएका ५६० अक्सिजन सिलिण्डर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । 

    रु ७५ लाखभन्दा बढीको अक्सिजन सिलिण्डर पश्चिम एशियामा रहेका नेपाली एवं ओमानस्थित नेपाली दूतावासको सहयोग तथा सहकार्यमा शनिबार नेपाल ल्याइएको हो ।  

    ओमानदेखि काठमाडौँसम्म ल्याइएको अक्सिजन सिलिण्डर ढुवानीको खर्च भने नेपाल सरकारले बेहोरेको जनाइएको छ । 

    अक्सिजन सिलिण्डर आवश्यकतानुसार लुम्बिनी प्रदेशमा २००, सुदूरपश्चिममा १००, कर्णाली प्रदेशमा १००, प्रदेश नं २ मा ८५  र गण्डकी प्रदेशलाई ७५ थान वितरण गर्ने बताएको छ ।   


    images

    Logo