काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जना गरी दुई हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ ।
त्यस्तै, देशभर ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१९ हजार ५ सय ३९ जनमा गरिएको पीसीआर परीक्षणमा ७ हजार ३१६ जना र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेका छन् । जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् ।


