काठमाडौं । कोरोना संक्रमणले गर्दा अस्पतालमा अक्सिजनको समस्या बढेदो रूपमा छ ।
अक्सिजनको कमी का कारण थुप्रै मानिसहरुले ज्यान गुमाउनु परेको छ ।
अस्पतालमा डाक्टरले बिरामीको आफन्तलाई अक्सिजन ल्याउन भन्नी गरेको पाइएको छ ।
त्यसकारण, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्था अस्पताल आफैँले गर्न निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा। गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार बोल्दै अक्सिजन व्यवस्थापनको जिम्मा अस्पतालको भएकाले संक्रमित वा बिरामीका आफन्तलाई अक्सिजन खोज्नु भनेर अनावश्यक तनाव दिन नपाइने बताए ।