images
images

महानगरभित्रका विद्यालयहरूले जेठ २० गते भित्र परीक्षा लिइसक्नुपर्ने निर्देशन


  • 657
    SHARES
  • २०७८ जेठ २ गते आइतबार

    महानगरभित्रका विद्यालयहरूले जेठ २० गते भित्र परीक्षा लिइसक्नुपर्ने निर्देशन

    काठमाडौं । कारोनाको यस्तो जोखिममा काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयहरूले जेठ २० गते भित्र परीक्षा लिइसक्नुपर्ने जनाएको छ । 

    महानगरकाअनुसार विद्यालयले जेठ २० भित्रमा परीक्षा सकाएर जेठ मसान्तसम्म परीक्षाफल प्रकाशन गरी असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सुरु गरिसक्नुपर्नेछ ।

    महानगरको शिक्षा विभागले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर महानगरभित्रका विद्यालयहरूले परीक्षा लिइसक्न निर्देशन दिएको छ । 

    विभागले अनलाइन, अफलाइन, टेलिफोन, इमेलबाट विद्यार्थीलाई प्रश्नपत्र पठाएर विद्यालय अनूकुल हुने गरी परीक्षा लिन भनेको छ ।

    कक्षा आठको परीक्षाको सम्बन्धमा आज सूचना निकालेर नगरस्तरीय परिक्षा यथाशीघ्र गरिने  महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए ।

     


    images

    Logo