images
images

कोभिड–१९ नियन्त्रणका लागि अर्थ मन्त्रालयले दियो ४ अर्ब ३१ करोड


  • 323
    SHARES
  • २०७८ जेठ २ गते आइतबार

    कोभिड–१९ नियन्त्रणका लागि अर्थ मन्त्रालयले दियो ४ अर्ब ३१ करोड

    काठमाडौं । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि सरकारले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले उक्त रकम विनियोजन गर्न सहमति दिएको हो । 

    अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको छ । 

    यस्तै, केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडियु स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । 

    कोभिड१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो ।


    images

    Logo