images
images

बजारमा नक्कली पत्रकारको बिगबिगी, कारबाही गर्ने प्रेस काउन्सिलको चेतावनी


  • 682
    SHARES
  • २०७८ जेठ २ गते आइतबार

    बजारमा नक्कली पत्रकारको बिगबिगी, कारबाही गर्ने प्रेस काउन्सिलको चेतावनी

    काठमाडौं । पत्रकारको नाममा निषेधाज्ञाको समयमा जथाभावी हिँडडुल र अवैध क्रियाकलाप गर्ने प्रवृत्ति मौलाएको पाइएको छ । सुदूरपश्चिम प्रदेशमा एकजना व्यक्तिले पत्रकारको कार्ड र ज्याकेट प्रयोग गरी लागुऔषधको तस्करी गर्ने गरेको पाइएपछि यस्तो घटना सार्वजनिक भएको हो ।

    सो घटना सार्वजनिक भएसँगै प्रेस काउन्सिलले सबै पक्षलाई गम्भीर बन्न आग्रह गरेको छ । साथै, पत्रकारको नाममा गलत गर्नेलाई त्यसो नगर्न समेत काउन्सिलले चेतावनी दिएको छ । 

    यस्तो गतिविधि नरोकिएमा र गैरपेशागत कार्य भएको काउन्सिल कडा कारबाही गर्न बाध्य हुने चेतावनी समेत काउन्सिलले दिएको छ । 


    images

    Logo