पोखरा । पेट्रोलियम डिलर्स व्यवसायीले थोरै तेल भर्न पटकपटक पम्पमा नआउन सर्वसाधारणलाई सचेत गराएको छ । थोरै थोरै पेट्रोल तथा डिजेल भर्न धेरैपटक आउँदा पम्पमा भएको र यसले सक्रमण बढ्ने सम्भावना बढाएको भन्दै व्यवसायीले यस्तो आग्रह गरेका हुन् ।
आइतबार गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एशोसिएसन विज्ञप्ती जारी गरेर निषेधाज्ञाको समयमा पनि पेट्रोल पम्पमा भीडभाड कम हुन नसकेको जनाएको छ । निषेधाज्ञाको प्रतिकुल अवस्थामा पनि गण्डकी प्रदेशबाट मात्रै दैनिक ४० हजार लिटर पेट्रोल र २ लाख लिटर डिजेल बिक्री हुने गरेको एशोसिएसनले जनाएको छ ।
ग्राहकहरु थोरै मात्रामा पटकपटक तेल भर्न आउँदा यसले कर्मचारी र सर्वसाधारणमा समेत जोखिम बढाएको एशोसिएसनको भनाइ छ ।