images
images

सीसीएमसीले कोरोनाविरुद्धको सामान आपूर्ति गर्न दियो यस्तो निर्देशन


  • 520
    SHARES
  • २०७८ जेठ ३ गते सोमबार

    सीसीएमसीले कोरोनाविरुद्धको सामान आपूर्ति गर्न दियो यस्तो निर्देशन

    काठमाडौं । देशमा जारी कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बसेको छ ।

    बैठकले अक्सिजन प्लान्ट, सिलिन्डर र कोरोनाविरुद्धको खोप तत्काल आपूर्तिको लागि सम्बन्धित निकायलाई अझै तदारुकताका साथ लाग्न निर्देशन दिएको छ । 

    सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको बैठकले उक्त निर्देशन दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । 

    उनका अनुसार समस्याको रुपमा रहेको अक्सिजनको उत्पादन बढाउन विद्युत्को चार्ज छुट दिने निर्णय भएको छ  ।

    त्यस्तै, लिक्विड अक्सिजन आपूर्तिका लागि भारतसँग निरन्तर कूटनीतिक पहल पनि भइरहेको उनले बताए ।

    सिलिन्डरको समस्या समाधान गर्न चीन र ओमानबाट पनि अक्सिजन सिलिन्डर मगाइरहेको उनले बताए । निजी क्षेत्रले सिलिन्डर ल्याइरहेकाले अब अक्सिजनको अभाव नहुने उनको दाबी छ ।


    images

    Logo