काठमाडौं । नेपाल टेलिकमले सोमबारदेखि फोरजीमा आधारित भ्वाइस ओभर एलटीई सेवाको परीक्षण सुरु गरेको छ । टेलिकमले विश्व दूरसञ्चार तथा इन्फरमेसन सोसाइटी दिवसको अवसर पारेर नेपालमै पहिलो पटक नयाँ सेवा सुरू गरेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए ।
कम्पनीले ग्राहकको माग अनुसार आफ्ना सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटीई प्रविधि सञ्चालनमा ल्याएको हो । यो सेवा कम्पनीका प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा परीक्षणका लागि सुरूवात भएको हो ।
यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन (एचडी) भ्वाइस, डायल गर्ना साथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महसुस गर्न सकिने जोशीले बताए ।
माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीसँग भीओएलटीई सपोर्ट गर्ने मोबाइल सेट हुन जरुरी छ । प्रयोगकर्ताले आफ्नो मोबाइलबाट *444# डायल गरी प्राप्त निर्देशन अनुसार यो सेवा एक्टिभ गराउन सकिने छ ।
सोे सेवा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गएर भीओएलटीई कल फर एनटीसी सिम समेत इनेबल गर्नुपर्ने हुन्छ । त्यसलगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भीओएलटीईको संकेत देखा पर्दछ ।
त्यसपछि *111# डायल गर्नुपर्ने हुन्छ । यदि तपाईंको मोबाइलबाट यो अंक डायल हुन्छ भने सोच्नुहोस्, तपाईंको मोबाइलमा टेलिकमको यो नयाँ सेवा चलाउन सकिन्छ । नेपाल टेलिकमले यो सेवा प्रयोग गर्ने ग्राहकलाई आफ्नो नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी एक पटकका लागि १०० मिनेट भीओएलटीई भ्वाइस सुविधा निःशुल्क उपलब्ध गराउने छ ।
के हो भीओएलटीई सेवा
भीओएलटीई फोरजीमा पनि भ्वाइसकल चल्न सक्ने सेवा हो । टेलिकमको हाल सञ्चालनमा रहेको फोरजी सेवामा इन्टरनेट डेटा मात्रै चल्ने गरेको थियो । अब यो प्रविधिमार्फत फोरजीमा पनि भ्वाइस कल सेवा लिन सकिने छ ।
यसको मतलव अब भ्वाइस कल समेत फोरजी इन्टरनेट मै हुनेछ । भीओएलटीईमा हालको थ्रीजीको तुलनामा गुणात्मक रुपमा नै उच्च गुणस्तरमा अर्थात प्राकृतिक आवाजमै कुराकानी गर्न सकिने टेलिकमले जोशीले बताएका छन् ।
अहिलेको टुजी र थ्रीजी प्रविधिमा भ्वाइसका लागि जति खर्च गर्नुपरिरहेको छ, भीओएलटीईमा त्यसभन्दा निकै सस्तो मूल्यमा सेवा उपभोग गर्न सकिने उनले बताए ।
यो सेवाका लागि टेलिकम र मोबाइल निर्माता कम्पनीको सेट निर्माता दुवैतर्फबाट इनेबल गर्नुपर्ने हुन्छ । भीओएलटीई इनेबल भएका मोबाइलबीच तथा त्यसबाट आईभीआर र ल्याण्डलाइन नम्बरमा कल गर्दा समेत प्रयोगकर्ताले भ्वाइस सेवामा उच्च गुणस्तरको अनुभव गर्न सक्नेछन् ।
यी मोबाइल सेटमा चल्छ टेलिकमको भीओएलटीई
टेलिकमका अनुसार भीओएलटीई सेवा लिन ८०० र १८०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल हुन अनिवार्य हुन्छ ।
- Samsung Galaxy M01s
- Samsung Galaxy M02
- Samsung Galaxy M02s
- Samsung Galaxy M11
- Samsung Galaxy M12
- Samsung Galaxy M21
- Samsung Galaxy M30s
- Samsung Galaxy M31
- Samsung Galaxy A12
- Samsung Galaxy A51
- Samsung Galaxy A52
- Samsung Galaxy A70
- Samsung Galaxy A70s
- Samsung Galaxy A71
- Samsung Galaxy A72
- Samsung Galaxy Note 10 Lite
- Samsung Galaxy S10
- Samsung Galaxy S10+
- Samsung Galaxy S10e
- Samsung Galaxy S20
- Samsung Galaxy S20+
- Samsung Galaxy S20 ultra
- Samsung Galaxy S20 FE
- Samsung Galaxy S21
- Samsung Galaxy S21+
- Samsung Galaxy S21 Ultra
- Samsung Galaxy Note 10
- Samsung Galaxy Note 10+
- Samsung Galaxy Note 20
- Samsung Note 20 Ultra
- Samsung Galaxy Z Fold2
- Xiaomi Redmi 9 Prime
- Xiaomi Mi10
- Xiaomi Redmi 9C
- Xiaomi Redmi Note 9 Pro
- Xiaomi Redmi 8A
- Nokia 5.3
- Nokia 7.2
- Nokia 3.4