काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नबिल बैंकको समन्वयमा वित्तीय क्षेत्रमा क्रियाशील पत्रकारहरुलाई बैंकिङ क्षेत्र यो क्षेत्रसँग सम्बन्धित रिपोर्टिङबारे दुई दिने आवासीय तालिम कार्यक्रम सम्पन्न भयो ।
नवलपरासीस्थित उन्नति कल्चरल भिलेज रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशक देवकुमार ढकाल, बैंकसं संघका अध्यक्ष भुवन कुमार दाहाल, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह लगायत राष्ट्र बैंक तथा बैंकर्स संघका पदाधिकारीको सहभागिता थियो ।
उक्त कार्यक्रममा नबिल बैंकका डेपुटी महाप्रबन्धक मनोज ज्ञवालीले बैंकिङ क्षेत्रको समग्र आयाम र पत्रकारिताको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यक्रममा वरिष्ठ पत्रकारहरु लोकबहादुर चापागाइँ, गजेन्द्र बुढाथोकी, लभेस प्याकुरेल लगायतको समेत सहभागिता थियो ।
हेर्नुहोस्, कार्यक्रमको फोटो फिचर









