काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौँ उपत्यकामा मात्र ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा काठमाडौँमा २३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोना संक्रमित भेटिएका छन् ।
पछिल्लो ३ दिन लगातार मृतक संख्या घटे पनि सोमबार पुन बढेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ ।
२१ हजार ६५३ पीसीआर परीक्षणमा ९१९८ जना र ४३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लख ६४ हजार २१८ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ ।
अहिले १ लाख ६ हजार ५१० जना होम आइसोलेसनमा छन् भने ६ हजार ९७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै आईसीयूमा १ हजार २५९ जना र भेन्टिलेटरमा ४ सय जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५ हजार ७६७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ५५ हजार २२३ रहेको छ ।


